वियोगमा म जस्तै नरूनु सानु
म त पागल भएँ तिमी नहुनु सानु।
आँखामा तिमीलाई पाउँछु सधैँ भरी
घरी घरी मेरो तस्विर तिमी नछुनु सानु।
पिर व्यथा सब्को हुन्छ नहुने को छ र?
आफ्नो व्यथा पराईलाई नकहनु सानु।
सुनौऽऽलो घामले, काट्छ कालो मेघलाई
हर प्रहर रोदनमा नरहनु सानु।
हसाउन सक्नु पर्छ आफूलाई यो सहरमा
एकोहोरिएर सधैँ तिमी नटहल्नु सानु।