Skip to content


मौलिक शैलीमा
नढाँटी भन्नुस् त
जीवनमा कतिपटक
श्रीमतीभन्दा
टाढा बस्नुभएको छ ?
कृपया प्रष्ट्याइदिनुहोस्
आफ्नो श्रीमान् टाढा राखेर
कुनचाहिँ स्त्री उत्ताल तरङ्गले
अनवरत खिल्खिलाउन सक्छे ?

सिँचन नगरिएको फूल
मल नहालिएको तरकारी
इस्त्री नगरिएका
गुजुमुज्ज कोट, सर्ट र पाइन्टहरू
सबैसबै स्त्री नहुँदाका परिणाम त हुन्,

बासी भात
थारा स्टोभ
ढुसी आएको भान्सा
र रित्ता ग्यास सिलिण्डर
पुरुष नजिक नहुँदाका परिणति त हुन्,

साँच्चै जीवनमा स्त्रीपुरुष
सँगसँगै बस्नुको मज्जा
अरू थोकबाट मिल्दैन ।

-पेशल आचार्य
हालः मन्थली, रामेछाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *