Skip to content


एउटा आदिम मान्छे
फन्को मार्छ अचेल्
कङ्क्रिट शहरलाई
अनि चपाउँछ रोबोट्
बजार्छ हात खुट्टा
फुटाउँछ मुल
तर
ऊ पिउँछ घटघटी
रेड लेबल्
हो ऊ आदिम मान्छे
जान्दैन थियो
हिड्न क्याटवाक्
खादैन थियो
अर्काको श्र म
लाउँदै थियो
विकनी
तर एउटा युग
चपाएर आएपछि
त्यो आदिम मान्छे
अचेल
चेपागाँडा चिरेर्
डिनर गर्छ
टाउको टेकेर
बि वाइन्ड हान्छ्
अनि नाङ्गाहरूको
प्रतियोगिताम प्रथम हुन्छ्
वास्तवमा
अचेल त्यो आदिम मान्छे
यतै कतै बस्छ
होशियार्!

बिना थिङ तामाङ्’सुनगाभा’
बुढानिलकण्ठ काठमाण्डौ

3 thoughts on “होशियार”

  1. बीन बहिनी कङ्क्रिट ल‍ेखेकाे
    बीन बहिनी कङ्क्रिट ल‍ेखेकाे हाेल तयर यो क्रकि‌ट भयाे । यो अशुद्ध मयो । यसलाई मैले लेखेजसरी मिलाउनुहाेला एडिड गरेर ।

  2. हजुर दाजु होम सुवेदी
    हजुर दाजु होम सुवेदी लेख्न आशय त्यही हो तर युनिकोड टाइप गर्दा अशुद्द हुन पुगेको हो । धन्यवाद हजुरलाई ।

  3. र सोही अनुरुप संशोधन पनि
    र सोही अनुरुप संशोधन पनि गरिएको छ 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *