Skip to content

बिना शर्त बन्थे म


बिना शर्त बन्थे म त, तिम्रो दास बन्न पाए
बिना सर्त बन्थे म त, तिम्रो खास बन्न पाए

टुक्रा पार्थें आफ्नै मुटु, कलोजो र फोक्सो पनि
यदि मिल्ने भए तिम्ले, फेर्ने श्वास बन्न पाए

खुशी नै हुन्थे कसम, तिम्लाई सम्झी रुने हास्ने
या भनौं पागल जस्तै, जिउँदो लास बन्न पाए

कल्पनामा हराउँदै, यस्तो पनि सोच्ने गर्छु
तिमी चन्द्र सूर्य अनि, म आकाश बन्न पाए

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *