Skip to content


सयौँ आँखाहरूको अगाडि उनको अस्मिता निर्दयतापुर्वक लुटिँदै थियो।

ती महिलाको शरीर निर्धक्कसँग निर्वस्त्र गरियो।

त्यसो हुँदा पनि कसैले कुनै चित्कार सुनेन, न त घुँक्क आवाज आयो।

त्यहाँ कुनै नारकिय अट्टहास पनि गुञ्जेन।

कृष्ण देखा परेनन्, वस्त्र मात्र सामान्य लम्बाईको थियो।

म त्यसै त्यहाँ दर्शकहरूसँगै उभीइरहेँ, महाभारतकी पाञ्चालीको चीरहरण मेरो मष्तिष्क वरिपरि व्याप्त भयो।

सत्य, मानिसहरूको भीडमा त्यो वस्त्र शरीरबाट उत्रँदा मेरो मन विचलित भयो, अप्ठ्यारो लाग्यो।

त, के मैले त्यसलाई रोक्ने कुनै प्रयास गरेँ? अहँ गरिन …

किनकि, म त्यो वस्त्र किन्दै थिएँ र पसलको डमी नारी शरीरमा त्यो पहिराइएको थियो!

6 thoughts on “अस्मिता (अनूदित लघुकथा)”

  1. हाहा भेरी इन्ट्रेस्टिंग !
    हाहा भेरी इन्ट्रेस्टिंग !

  2. धन्यवाद सम्पादक ज्यु।
    धन्यवाद सम्पादक ज्यु।

  3. एकदेव सर स्रोत दिनु भएन त ।
    एकदेव सर स्रोत दिनु भएन त ।

    1. सचेतनाको लागि धन्यवाद होम सर,
      सचेतनाको लागि धन्यवाद होम सर, नेपाली अनुवादको श्रोत भने लघुकथा कुनो नै हो जुन सम्पादक ज्युले प्रष्ट्याइसक्नु भएको छ।

      कथाको मूल श्रोत फेसबुक ग्रुप Flash Fiction: Short Short Stories
      https://www.facebook.com/groups/microstory/permalink/977064445669543/

      साथै लेखिकाको ब्लग
      https://space4mridula.wordpress.com/2015/06/12/shamed/

  4. स्रोत “लघुकथा कुनो” होला।
    स्रोत “लघुकथा कुनो” होला।

  5. लेखकीय नै उसकाे नाम हाे ।
    लेखकीय नै उसकाे नाम हाे । नामलाइ हामीले बडो इमानदारीका साथ लिनु पर्छ । यसरी स्रोत खुलाइदिनुभएकाेमा एकदेवजीलाइ धन्यवाद भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *