Skip to content

पारिजात हौ कि तिमी

  • by


पारिजात हौ कि तिमी जाई जुई सुनाखरी 
चन्द्रमुखी हौ कि तिमी पूर्णिमाको चन्द्र सरी ,
 
केश कोरी आऊ तिमी लाइदिन्छु जाई जुई
दिलकी रानी हौ कि तिमी डोली सजाऊ कसो गरी ,
 
प्रेम हाम्रो अमर बनोस न स्वरयो काया छ नि
ढुकढुकी पो हौ कि तिमी मेरो दिलकी जादूगरी ,
 
तिमीलाई नै सजाएको छु मेरो मन मन्दिरमा
देवी मेरी हौ की तिमी यो मनकी बागेश्वरी ,

लखनपुर ३ झापा ,नेपाल
हाल बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *