Skip to content

फूल हो रुखको


फूल हो रुखको फल हुन्न भुवा
उडी जान्छ उही स्थल हुन्न भुवा

बहकिन्छ यता र उता नभमा
तर पाषण झैँ तल हुन्न भुवा

बगरै भर झप्प पलाँस फुल्यो
तर त्यो सल आँचल हुन्न भुवा

तन सन्च हुने गुण हुन्छ तर
मन कल्मषको हल हुन्न भुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *