हिउँ जस्तै गलेर जाँदा कहाँ थियौ त्यति बेला
जोवन त्यसै ढलेर जाँदा कहाँ थियौ त्यति बेला
गह भरि आँशु बनाई टोलाइरहे एकान्तमा
मनको तापले जलेर जाँदा कहाँ थियौ त्यति बेला
उकुस मुकुस हृदय बीच गर्जिदै यो मुटुले भन्छ
ढुकढुकि यो बडेर जाँदा कहाँ थियौ त्यति बेला
डुबुल्किमार्न खोजेकै थिए त्यो सितल सागर भित्र
समयले तेसै छलेर जाँदा कहाँ थियौ त्यति बेला
आधीबेरी बताश सग अताल्लिदा जिन्दगी यो
धिपधिपी बलेर जाँदा कहाँ थियौ त्यति बेला
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई”