Skip to content

अब त हदै भयो


बहत्तर्को चर्कौ सबतिर भयो तीज अहिले ।
सधैं बन्दै बन्दा बहुत बनिए वाक्क पसले ।।
अमिल्दा राखी माग् अनुचित पथैमा हिडिरहे ।
कहाँ पूर्णै हुन्थे अरित तहका ती मत थिए ।।

कतै ढुंगा बर्षे स्वपथ हिडदा ती पथिकमा ।
गुडेका गाडी ती हुरुरुरु बलेका अधिकमा ।।
कतै जिम्दै आगो दनदन लगाए अधमले ।
सुतेका बच्चाको घरतक नछाडी सब जले ।।

गरीखाने आधार् सफरी तक नष्टै गरिदिए ।
जले धेरै साधन् अधिक जनको बास् हरिलिए ।।
विदेशी भाडाका सडक भरमा ती वरपरै ।
थिए पेट्रोल् छर्ने पुलिसहरुमा यी हर थरै ।।

दयामाया सुन्यै अबुझ पशुपारा हुन गयो ।
परा पुर्वै देखी मिलजुल रहेको जग थियो ।।
अहो ! भत्कीगो त्यो कतिकति भयो देश अबला ।
हरे ! के को लागी जनधन लिएका नि बदला ।।

सिधा साधा जन्ता स्ववस रहँदा मार थपिए ।
लिदै भाला तर्बार् सडक भरमा उग्र खनिए ।।
खटेका छन् भारु शहरतिर लाठी पनि लिदै ।
छिमेकी देश्को यो कुपथ चलने चाल मचिदै ।।

सबै चाड्बाड् हाम्रो जमघट बिनाको विरसिलो ।
हुने लक्षण् आए स्वजन नजिकै भेटन ढिलो ।।
बुझौँ कस्को देन्हो बुझकि जनले ता बुझिलिए ।
बिगारेका देशै तहस नहसै हा ! हुन गयो ।।

थिए राजा वेशै धन जन बरू ती जतनले ।
चलाएका राम्रै हुकुम गरदै देश पहिले ।।
अफाब् जस्तो शासन् हुन त गणतन्त्रै पनि थियो ।
लुछाचूडी गर्दै छशय अबता धेर् हुनगयो ।।

पद्म पौडेल
इटहरी–६ बज्राहा
कामना टोल
मेवाइल नं. ९८४२३९४५७३

२०७२ ।०५ ।२७

1 thought on “अब त हदै भयो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *