Skip to content


पलाइरा’का मुनाहरू,
सुसाइरा’का खरे
शीतल हावा चिसो पानी,
मलाई खोज्दै छन् रे।

ऐंसेलु र काफल चुत्रो,
टम्म पाक्दै छन् रे
टिप्न जाने मान्छेसँग,
सोघ्ने गर्दै छन् रे ।

चरीहरू भन्छन अरे,
धेरै दिन भयो
आजभोलि आउनै छोड्यो,
कतातिर गयो ।

गाईगोरु बाख्रापाठा,
पखेराको सुगा
खोलाखोल्सा लपलप गरी,
खोज्दैछन् रे जुका ।

बाँदर घोरल मृगहरू,
नाच्दैछन् रे भिरमा
बाध्यताले टाढा हुदा,
दिन बित्या’छ पिरमा ।

खाई खेलेको ठाउँ सम्झिदा,
पोल्छ छाती मेरो
मातृभूमि लाग्दो रहेछ,
प्राणभन्दा प्यारो ।

तुल सिंह नेपाली
दैलेख
हाल यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *