Skip to content

जेलभित्रै गोली चल्छ


जेलभित्रै गोली चल्छ, गजब छ देश
कारबाही भोलि चल्छ, गजब छ देश

सत्य सेवा सुरक्षणम, प्रहरी को नारा
लुट्न उसकै टोली चल्छ, गजब छ देश

बुढो मन्त्री भए पनि, चासो तरुनीकै
मर्ने बेला डोली चल्छ, गजब छ देश

निरीह जनता को, रगत पसिनामा
बिना रङ्ग होली चल्छ गजब छ देश

ठुलालाई छुन्न कानून, सानालाई लाग्छ
फटाहा कै बोली चल्छ, गजब छ देश

1 thought on “जेलभित्रै गोली चल्छ”

  1. सन्दीप आचार्य

    यथार्थ । उत्कृष्ट छ
    यथार्थ । उत्कृष्ट छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *