Skip to content

हिजो राति हर्के

हिजो राति हर्के बोतल लिएर आको हुनुपर्छ
दुई, चार बोतल शराब पिएर आको हुनुपर्छ

हिजो राति हर्के बोतल लिएर आको हुनुपर्छ
दुई, चार बोतल शराब पिएर आको हुनुपर्छ

भन्ने गर्थ्यो कहिलेकाहीँ यो मन फाटेको छ
सायद त्यो फाटेको मन सिएर आको हुनुपर्छ

वेइमानी त्यो शराबको असरले नै होला
मोटै थियो आजभोलिे खिएर आको हुनुपर्छ

संविधान लेख्छु भन्दै सरकारमा गाथ्यो
नसकेर राजीनामा दिएर आको हुनुपर्छ

वीर शहिदको आत्माले भतभती पोल्दाखेरी
बाँच्दैन ऊ भन्थे तर जिएर आको हुनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *