Skip to content

भूकम्प–त्रासद


व्यतिरेकी विश्लेषणमा
समवयीउर्फ समानार्थी
नेपाल र त्रिपाल
अनाथहरूका नाथ
काठमाण्डूमा
अहिले पशुपतिनाथ मात्र बिराजमान छन्,

सर्वाङ्ग डरको पोखरीमा नुहाउँदै
कहिले सिँहदरबार
कहिले शाही सैनिक मञ्च
त्रिखुट्टी पालको सेल्टरमा
खालथापेर एक थान स्वास्नी
दुईथान छोराछोरीहरू
आफ्नो सञ्चयकोषको परिचय–पत्र
घरजग्गाको नक्सा
साथमाभार्याको
कमाण्डर छड्के तिलहरी
छापामार सहितका मङ्गल सूत्रहरू
र नाइटो नछोप्ने साडीको
सिरानीबनाएर
सर्कारलाई
चेटभएको चङ्गा शैलीमा गालीगर्दै
वाइवाइ चाउचाउ र मिनरल वाटरमा
विदेशिएको सालो र सालापत्नीसँग स्काइपमा बोल्दा
श्रीमान्को राष्ट्रियता त बल्ल देखियो,

भैँचालोले
सबैलाई डरमा बराबरी चाल्दो रैछ
आतङ्कका कुकुरमा अजिनोको मसला हालेर
सिठी लगाई सराबरी त्रासदमा गाल्दो रैछ
धरहराले आफ्नो धरोहर धुलिसात गराएपनि
कैँयौँलाई सेल्फी खिच्न मद्दग गरेको देख्दा
न्यूरोडका खिच्चा कुकुरहरू जोडजोडले भुके
सँगैको बानेश्वरमा हुचिल करायो
संविधानका पूराण हाल्ने
वाचकी र उपवाचकीहरू बेपत्ता छन्
बैठक र परिपत्र मात्रै बमन गर्ने
अहिले मेरो देशमा
त्रासको सरकार छ
आफूलाई भने
केवल त्रिपालको दरकार छ ।

पेशलआचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *