Skip to content

कति पीडा सधैं


कति पीडा सधैं, हाँस्नु अब तिमी
खुशी हुने नाताहरू, गाँस्नु अब तिमी

भाग्यको खेल थियो, सँगै हामी नहुनुमा
भूल्नु मलाई ती याद, मास्नु अब तिमी

थाहा पाए नयाँ, सम्बन्ध जोड्दै छौ रे
उसैको तस्वीर दिलमा, टाँस्नु अब तिमी

शुभकामना तिमीलाई, रँगिन जिन्दगीको
मुस्कुराउदै मुस्कुराउदै, नाच्नु अब तिमी

नसोच्नु मन मैले, दुखाएकी कतै भनी
बिनाचिन्ता आनन्दले, बाँच्नु अब तिमी

रञ्जना न्यौपाने
चरिकोट, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *