Skip to content

तिम्रै आँचल ओढाइदिनु


हृदयमा माया भए पुष्प गुच्छा चढाइदिनु
आफन्तले रोक्न खोजे लास अघि बढाइदिनु

सँगै हुदा साथ पाए गुनासो केही छैन अब
खुच्चिङ्ग गर्ने धेरै होलान् लास छिटो जलाइदिनु

अधुरा रहे केही काम पुरा गर्ने रहर थियो
नासो रह्यो दुधे बालक सके जति पढाइदिनु

अभावका दाग मेट्न घर सबै रंगाइदिनु
कतै मेरो छाया देखे तिम्रै आँचल ओढाइदिनु

आँचल खोस्दै टिठ गर्ने आफन्त कोही आइदेलान्
जति सक्दो मेरो लास घाटतिर बढाइदिनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *