Skip to content


पहाड मधेश हिमाल भोट
शहर बजार गाउँ टोल।
संसारभरी फैलेको
सर्वब्यापी “कोदाको झोल।”
दिनभरि काम गरी
हातमा पार्यो कुखुराको मोल।
साँझदेखि बिहानमा
पिएर सक्यो भैंसीको मोल।
सबभन्दा महङ्गो “कोदाको झोल।”
घरमा जहान भोकै छन्
रोईरोई रात काट्छन्।
भट्टीनी दिदीको पसलमा
बितायो रात खोलेर पोल।
सबभन्दा मिठो “कोदाको झोल।”
आमा मरुँन् रोएर
छोरो मरोस् रोएर।
श्रीमती हिडुन् छोडेर
साहुले भाँडा ठटाउँन् ।
बारीका पाटा पटाउँन् ।
जोसुकै गरोस मान्छेको मोल
सबभन्दा प्यारो “कोदाको झोल।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *