Skip to content

कदम चाल्ने दाउ दिन्छन

लचिलता दर्साएर कदम चाल्ने दाउ दिन्छन।
र बिचमै घात गरी मुटु भरी घाउ दिन्छन।।

भिड छ यहाँ हर कुरा उधार लिनेहरु को,
न फिर्ता ब्याज दिन्छन, न साँउ दिन्छन।।

सम्बन्ध गास्नु पनी जोखीम मोल्नु पर्छ,
न छोडी छुट्कारा दिन्छन न भाउ दिन्छन।।

माया पनी इन्धन चाहीने सवारी जस्तै भो
पोसे बमोजिन” माया” कामचलाउ दिन्छन।।

स्वार्थ को एक्कासी बिकास हुन्छ कसरी?
मुटुमा सजाएर राख्यो शिरमा पाउ दिन्छन।।

सन्दिप आचार्य
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *