Skip to content


यो दिललाई भएन सञ्चो विषको प्याला भो ।
भो राम्रो काम गर्छु निभन्दा छातीमा भाला भो ।।

पैसाले सब पाइन्छ यहाँ यो त हो सहर,
पाइन्न दिल म भएँ एक्लो हरेक प्रहर ।
झूठको मुठ्ठी ठुलो छ हरे बहकिरहेछु,
नौटङ्की घेरा चक्रमा परी फन्दामा परेछु ।

जता नि हेरेँ लुटाहा, डाँका, चोरी र चकारी,
एउटै चिज विभिन्न भाउ कस्तो यो भिखारी ।
ब्यापार रे यो ठगीको धन्दा गरेको गर्यै छ,
सरल मान्छे कौडीको भाउ बिकेको बिक्यै छ ।

लय :– ३+२ बिश्राम ३+२ विश्राम ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय
२०७३ भदौ ११ शनिवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *