Skip to content

अत्याचारको विरुद्धमा


अत्याचारको विरुद्धमा नारी एक भएर जुट्नु पर्छ
गाउँगाउँमा महिला अधिकारको आवाज लिई उठ्नु पर्छ

तानाशाही शासन अब नारीले नै ढाल्नु पर्छ
महिलाहरूमा पनि अब चेतनाको दियो बाल्नु पर्छ ।

वनपाखा होइन अब पढ्न विद्यालय जानु पर्छ
अधिकार मात्र होइन अब नारीले ज्योति पनि पाउनु पर्छ ।

दु:ख र पीडा होइन अब नारीमा पनि हाँसो छाउनु पर्छ
शिक्षा दिई नारी पनि अब अघि बढ्नु पर्छ ।

चुलो चौका होइन अब देशको विकास गर्नु पर्छ
हातेमालो गर्दै आफ्नो हकअधिकार खोज्नु पर्छ ।

परनिर्भर होइन अब आफैँ सक्षम बन्नु पर्छ
पासोमा अड्किएको डोरीलाई नारीले नै तोड्नु पर्छ ।

सुनीता भुजेल
कक्षा : ११, मानविकी, मन्थली उमावि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *