एक्लो रातले बताउँछ किन भिज्यो टुहुरोको सिरानी
चिसो रातले बताउँछ कस्तो हुन्छ विधवाको बिरानी
झुपडीलाई न्यानो पार्ने कसोरी उर्ली आउने सिरेटोले भनिदिन्छ
पाइला चल्दैछ किन कही पुग्दैन नटुङ्गिने गोरेटो भनिदिन्छ
छोटो रातले बताउँछ किन झुल्किन्छ गरिबको बिहानी
न्याउली कहाँ गयो कोइली किन बोल्दैन शहरको कोलाहलले भनिदिन्छ
मान्छे के भयो किन कोही हाँस्दैन फर्फराउने झण्डाहरू बोलिदिन्छ
शून्य रातले बताउँछ एउटै भो हैन सपनी र खरानी