Skip to content

युवाको लागि मन बिसाउने चौतारी हो मौनता


पछिल्लो समय चितवन साहित्यमा निकै उर्बर भूमि बन्दै गैराखेको छ । हुन त यस अघि पनि चितवन साहित्यमा अगाडिनै थियो तर पछिल्लो समयमा चितवनका केही धेरै साहित्यिक व्यक्तित्व विश्व साहित्यको धरातलमा पुगिसकेकोले यस मानेमा साहित्यिक भूमि चितवन पनि मान्न सकिन्छ ।

चितवनको साहित्यिक माटोमा यो समयमा पाठकको मन मस्तिष्क हल्लाउने खालको आख्यानहरू प्रकाशित भैसकेर मदन पुरस्कार समेत हात पारेका छन् भने हालै मात्र प्रकाशित भएको चितवनका कवि सुमन घिमिरेको आख्यान ‘मौनताले’ पाठकको मौनतालाई नै तोडिदिएको छ ।

पहिले कविताका माध्यमबाट चितवनको उर्वर माटोमा जन्मिएका कवि सुमन घिमिरे हालै प्रकाशित भएको उनकै आख्यान ‘मौनता’ले सफल आख्यानकारका रुपमा देश भरि नै चिनाउन सफल भएको छ ।

देशै भरि उपन्यास ‘मौनता’को चर्चा चलिरहदा आफू ‘मौनता’नपढी बस्नै सकिन आख्यान कार कै हातबाट ‘मौनता’ लिएपछि सरासर घरमा आएर ‘मौनता’भित्र पस्न खोजे त्यही रमाए, कतै रोए अनि कतै माया प्रेम, मिलन, बोछोड़ र त्योभन्दा पनि आख्यानमा सामाजिक विषयवस्तुलाई जीवन्तताका रुपमा उठाएको पाए ।

समाज भित्रको मानवीय संवेदनालाई सचित्र उतार्ने प्रयास गरेको पनि पाए त्योभन्दा पनि समाजकै कथा वस्तुको यौटा प्रतिविम्बको रुपमा लिए मैले ।

गोर्खा पब्लिकेसनले प्रकाशन गरेको ‘मौनता’भित्र दुई सय छब्बीस पेज रहेपनि कथा वस्तु निकै चाख लाग्दो भएकै कारणले मलाई छोटो झैँ लाग्नु स्वाभाविकै को तर उक्त आख्यान भित्र जे हुनु पर्ने हो त्यो सबै कुरा रहेको पनि छ ।

आख्यानको सुरुवात फिल्मी तरिकाले सुरु भएको छ अर्पणलाई मुख्य पत्रको रुपमा उभ्याएर आइ टि सम्बन्धी टेक्नोलोजीको ज्ञान बर्णन गरिएको छ अर्पण कै माध्यमबाट र समय पैसा र सम्बन्धलाई नचिनेर आफ्नै कारणले आफै धोका खाएकी शिला पात्रलाई सवाल र सक्षम बनाउन पनि उत्तिकै ठुलो भूमिका खेलेको छ भने विदेशमा रहेका आफ्ना पतिलाई भ्रममा राखेर आफू आख्यानमा खलनायकका रुपमा रहेको पात्र सुबिनसँग आफ्नो यौवन धन सुम्पिएर धोका पाएकी निरु पात्रलाई सुबिनको पन्जाबाट छुटाएर अफिसको सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्ने बनाउछ, त्योभन्दा पनि आफ्नो गल्तीको बोध गर्न सक्नेसम्म बनाउँछ ।

समाजमा धेरै थरिका मानिसहरू हुन्छन कोही सेवामा बिलिन हुन्छन कोही पैसा र समाजको भड्किलो बाटोमा हिड्ने जाँड, रक्सी खाएर परिवारलाई घर न घाटसम्म पुर्याउने पात्र हुन्छन त्यस्तै गरी यो आख्यान भित्र पनि यो कथालाई आख्यानकारले रानी पात्र को घरलाई समावेस गरेका छन् ।

वास्तवमा यहाँनेर पनि आख्यानकारले वास्तविक कथालाई लिएर पाठकको मन तान्न्ना सफल बनेका छन्, जाँड, रक्सी, जुवाले सम्पति सकिएपछि पैसासँग छोरीलाई सम्झौता गर्ने पुरुष रहेको कुरा यथार्थ चित्रण पनि गरेका छन् ।

विदेशमा परेको बाध्यता रहर दुख र सुखले निम्त्याइएको दुखलाई पनि चित्रण गरिएको छ भने कतै आख्यानकारले पुरुस पात्रलाई, महेस पात्रको रुपमा उभ्याएर ठुलो र महान बनाउन पनि खोजेका छन्, उक्त पात्रको माध्यमबाट पुरुषलाई धैर्यवान, सहनशिलता र साहासको प्रतिमूर्तिको रुपमा देखाएका छन् भने नारीले आफ्नो चरित्र आफै हत्या गर्न सक्छे त्यसमा समाज र कुनै पुरुषको दोष बिना नै आफू हदैसम्म पार गर्न सक्छे भन्नेसम्म पनि पाठकलाई दिन खोजिएको छ, सोसँगै नारीको मन कुनै दिन परिवर्तन हुन सक्छ गल्तीको महसुस गर्नसक्ने पनि हुन सक्छन भन्ने कुरा शिला पात्राद्वारा दिन खोजिएको छ ।

आख्यान भित्र भिन्न भिन्न कथा वस्तुलाई समेटिएको छ जहाँ नारीलाई कमजोस सम्झिएर फाइदा लिने पुरुषहरू पनि देखाइएको छ जहाँ नारीले चाहेको खण्डमा जस्तो सुकै सामाना गर्न सक्छे भन्ने कुरा लक्ष्मी पात्रद्वारा उठान गर्न पनि खोजिएको छ भने ‘मौनता’भित्र पुरुसलाई माथिनै राखेपनि पुरुषका कैयौ कमि कमजोरीलाई पनि औल्याइएको छ ।

पुरुषले जस्तो सुकै अवस्थामा पनि आफ्नो जिम्मेवारी बहन गर्न सक्छ भन्ने कुरा आख्यानका पात्र महेसद्वारा पुष्टि गरेका छन् आख्यानमा जब कि नेपालबाट आएकि एक्ली चेली सम्झेर आफू नखाएरै पढायो र, श्रीमतीसम्म पनि स्वीकार्यो मान इज्जत, पैसा सबै कमाउनेसम्म पनि बनाई दिन्छ पछि उसै बार तिरस्कृत बन्छ, पाखण्डी बन्छ घृणित बन्दा पनि छोराको भविष्यलाई हेर्दै सम्बन्ध बीच्छेद हुदासम्म शिलाको जीवन उकासिरहेको हुन्छ ।

‘मौनता’भित्रको प्रेम प्रसङ्गले आख्यानलाई रोचकता बढाएको छ पाठकको मन तान्न सफल भएको छ । अर्पण र रानीको छुट्टिएको प्रेम कहानी पछि फेसबुक को माध्यमबाट समर्पण र मौनतालाई जन्माएर संयोगवस भेट गराउछन ।

आख्यान बियोगात्मक रुपमा बिटमारेको भए त्यति रोचक नहुने थियो यो आख्यानकारको कला र चलाखीपन पनि हो अन्तिममा संयोगात्मक बनाउने, उहाँको कलालाई मान्नै पर्छ, विदेशको कथा जोडिसकेपछि बिदेशमा नेपालीले भोग्नु परेको पिंडाको थोरै प्रसङ्ग बढाएको भए विदेश प्रतिको मोह नेपालीको थोरै कम हुन्थ्यो कि भन्ने मात्र हो ।

आख्यानको सुरुमै अर्पण पात्रको माध्यमद्वारा बिदेशमाभन्दा स्वदेशमा धेरै राम्रो छ गर्न सके स्वदेशम केही गर्न सकिन्छ भन्ने कुरा दर्साए पनि अन्त्यमा अर्पण र रानीलाई आख्यानमा विदेश नै गएको देखाइदिदा अल्लि खल्लो महसुस भएको हो कि जस्तो पनि लाग्छ ।

बिदेशमा कैयौ नेपाली छन् जो सुखलेभन्दा अभावले बाँचेको र नेपालीले पाएको पिंडाहरू धेरै रहेको र विदेशभन्दा स्वदेश नै ठिक रहेको आफ्नो मातृभूमि प्यारो हुनेकुरा देखाएर रानी र अर्पणलाई नेपालमै रोक्न सक्नु पर्थ्यो कि !

आख्यानमा नारीलाई निकै नै गिराएको देखिन्छ शिलापात्रका माध्यमद्वारा त्यो पनि अलिकति कम गरेको भए हुन्थ्यो कि भन्ने मात्र हो । जे होस् गल्तीको महसुस भने गराएको छ आख्यानले वास्तवमा ”मौनता’निकै रोचक घतलाग्दो आख्यान छ समाजमा रहेका बिकृति, विदेशप्रतिको मोह बिदेशमा भोगेको जीवनशैली माया, प्रेम, मिलन, बिछोडको आदि ब्याख्या गरिएको छ ।

समाजको चित्रण हो मौनता
नारीको यथार्थ कथा हो मौनता
पुरूषको दिइवटा रूपको खुलासा हौ मौनता
माया, प्रेम, मिलन, बिछोडमा युवाको मन बिसाउने चौतारी हो मौनता ।

यस्तै गरी “मौनता ” निकै रहस्यमय तरिकाले सुरु भएर रहस्यमय तरिकाले नै अन्त्य भएको छ ।

यस हिसाबले ‘मौनता’निकै सफल आख्यान मान्न सकिन्छ पहिलो आख्यानले नै चर्चाको शिखरमा पुर्याउन सफल आख्यानकार सुमन घिमिरेज्यूलाई सफलताको सुभकामना दिन चाहन्छु ।

रामकृष्ण अनायास
कविडाँडा, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *