Skip to content

मुक्त भई जाँदैछु

पञ्छी बनी जाँदैछु मुक्त भई आत्मा घुम्दैछु
रीत यो हो आउने जाने चोला फेर्न घुम्दैछु
खाली हात आएको थिएँ ,खाली हातै जाँदैछु
स्वार्थी पापी संसारलाई बिदा दिँदै जाँदैछु

जति पनि गरेको थिएँ फल लिई जाँदैछु
जति पनि नराम्रो गरेँ भोग्न लाई जाँदैछु
बढे के भो मलामी कर्म ठूलो भनी जाँदैछु
राम्रो काम असल कार्य गर्नुपर्छ भन्दैछु

रहेनछ मरण भन्ने भनीकन जाँदैछु
दूर दूर गएर पनि आफैलाई खोज्दैछु
आफैँ भित्र गएर पनि म को खोजी गर्दैछु
तन त्यागी ब्युँझँदा अर्को तन प्राप्त गर्दैछु

लय २+२ विश्राम ३+२ विश्राम २+२+३ विश्राम जम्मा १६मात्रा

२०७३ असोज ३०
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग, काठमाण्डौँ
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *