Skip to content

दुई मुक्तक (कसैसँग कसैको त्यो संस्कार)


कसैसँग कसैको त्यो संस्कार मिल्ने हैन
मिले पनि अर्को कुरा व्यवहार मिल्ने हैन
प्रेमका प्यासी छन यहाँ अँझ थुप्रै तर
मन बुझ्ने कोही समझ्दार मिल्ने हैन ।

अरुकोभन्दा आफ्नै रीत आफ्नो लाग्छ
हारभित्रको कहिले जित आफ्नो लाग्छ
सम्बन्धभित्रको स्वाद चाखेर भन्नु पर्दा,
परिचीतभन्दा अपरिचित आफ्नो लाग्छ ।

चन्द्र भट्ट ‘चाँदनी’
डडेल्धुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *