Skip to content

नभेटी नभेटी


लगायौ माया साट्यौ नि मुटु नभेटी नभेटी
समुद्रैपारि जोड्यौ नि दिल नभेटी नभेटी

बारी यो ठुलो दिलैको मेरो
रोप्यौ है कान्छी के त्यस्तो चिज तिमीले
फक्रे नि म त मायाको डिलमा नभेटी नभेटी

मनै त रैछ मनै ए कान्छी
हान्यौ नि गोली भुतुक्कै भए मै पनि
लाग्यो नि छर्रा नउठ्ने गरी नभेटी नभेटी

शब्द – श्वेता मैनाली
स्वर, संगीत – शिव परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *