Skip to content

पिपलबोट सडक, म र मुटु


साहुनीलाई दुईकप चियाको भुक्तानी गर्न
एउटा डक्को नोट भाचे
केही नून केही ऊन
केही मट्टीतेल, साबुन, मसला र बल्बको निम्ति
चोइट्याउँदै सकें
भरे साँझको निम्ति खल्तीको पीँधमा
केही टुक्रा बाँकी हुनन्
खल्तीको पीँध र घैंटाको पीँधमा
समन्वय त हुन दिनोस्
भरे देख्नु हुनेछ पिपलबोट सडक !
डक्को नोट भाँचेर
भट्टीका बहिनीहरू
रोदीका सोल्टिनीहरू
पान पसलका भैया औ
रेस्ट्राँका मैयालाई भुक्तानी दिए झैं
मेरो मुटु
छोराछोरी, प्यारी औ
आमाबाबु र दाजुभाइमा
टुक्राटुक्रा गरेर किन बाँड्न सकिन ।
कति अविभाज्य, कति निजी छ मेरो मुटु
यसले आफूलाई किन
सार्वजनिक महत्वको बनाउन सकेन हँ !

त्रिभुवनचन्द्र वाग्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *