Skip to content

दिलभित्रको कुरा भनुँला


दिलभित्रको कुरा भनुँला नभनुँला
कसलाई थाहा भोलि रहुँला नरहुँला

शूल गढेर आउँछ व्यथा बढेर आउँछ
विगतहरू सम्झँदा आँशु झरेर आउँछ
जूनि जूनि यादहरू भुलुँला नभुलुँला
कसलाई थाहा भोलि रहुँला नरहुँला

रहन पाऊँ सधैं सधैं तारा जून बनी
जीवन पछिको सत्य जहाँ पुगे पनि
जिन्दगीको यात्रासङ्गै गरुँला नगरुँला
कसलाई थाहा भोलि रहुँला नरहुँला

Leave a Reply

Your email address will not be published. Required fields are marked *