Skip to content

धेरै भए – १ (मुक्तक)


यहाँ,
नीतिभन्दा नेता धेरै भए ।
टाउकाभन्दा फेटा धेरै भए ।
पुस्तकभन्दा गाइड धेरै भए ।
प्राविधिकभन्दा साइड धेरै भए ।
अन्नभन्दा घुन धेरै भए ।
कानभन्दा सुन धेरै भए ।
गुनभन्दा बैगुन धेरै भए ।
त्यसैले,
जागिरभन्दा भनसुन धेरै भए ।।
हराएको छ
हिजोआज,
गाउँबाट पर्म हराएको छ ।
सहरबाट सर्म हराएको छ ।
मूर्तिविनाका मन्दिरहरू
ङिच्च हाँसिरहेछन्
त्यसैले, प्रत्येकको छातीबाट विश्वासको
धर्म हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *