Skip to content



आशा !
तिमी अतीतकी नेपाल आमाकी छोरी!

शैलकन्या ढुङ्गा माटाका डल्ला
हातमा राखेर उफार्दै पछार्दै
चारी खेलेकी।

धूलोको पाउडर मुहारमा पोतेर
सिँगारिएकी ।

‘ताराबाजी लै लै’ भन्दै थपडी बजाउँदै
आँगनमा नाच्दै हिनेकी ।

ती दिनहरूको सम्झना कहिलेकाहीं त आउँछ
होला नि ? होइन ?’

नेपाल आमाकी आशा ! सम्झनाकी बिन्दु,
सदैभरी यसै गरी फूली फक्रिरहे ।

बानेश्वरको उकाली ओराली,
आज पनि छ जस्ताको तस्तै,
नबिर्से जन्मेको ठाऊँ
जहाँ छौ त्यहीं रमाऊ !

सपनामा भए पनि
कहिलेकाहीँ त यता पनि
आउन हुन्छ,
आएर रमाऊ !

सपनामा आउन
चाहिँदैन कुनै भिसा-सिसा,
सबै परिवार लिएर आऊ ।
आफ्नो प्यारो श्वानलाई पनि
सक्छ्यैा भने लिएर आऊ
उसलाई पनि नेपाल देखाऊ ।

मुहार पुस्तिकामा
देख्छु श्वानसँग खेलेर
त्यता तिमी रमाएकी,
यता तिमीलाई
दूध खुवाउने गाईकी बाच्छीकेा स्वर सुन
बाँ बाँ गर्दै कराएकी
विधर्मीले
चर्चतिर घिसारिदै लग्न लागेर ।

अतीतका पाना पल्टाएर
बसे तिमी हेरी रमाई
भूत पनि नत्याग
वर्तमान पाई ।

अनिश्चित भविष्य
बोलाऊ रमाई,
यही हो जीवन
बसे है रमाई ।

शतशत आशीर्वाद,
जहाँ छौ त्यहाँका तिमी सबैलाई,
म हूँ तिमी सबैका उही भान्दाइ ।

2016-12-29 00:46:40 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *