Skip to content

अहिलेको नेपाल

भ्रष्टचारै भष्टचार ठग छन हाम्रो नेपालमा
गरीवहरु बगाउँछन पसिना खेतबारीमा
जताततै फोहोर फोहोरले भरिएको छ
लुटपाट र चोरडकैती बढ्या बढयै छ ।

नारी हिंसा पनि धेरै हुन्छ
पुरुषले नारीलाई लातैलातले हान्छ
संबिधान बनिदैन चुनाव मात्रै हुन्छ
नेपाल भिकारीको देश भनेर चिनीन्छ ।

गुन्द्रुक्कको जमाना गईसकेको छ
चाउमिन थुप्पाले देश भरिसकेको छ
सबै मानिसहरु खयाउटे भए
नेपाली युवा आईटममा रमाउन गए ।

डिस्को जान्छन पाटि जान्छन
रम र वियर पिउदै लडखडाउन थाल्छन
लोक दोहोरीलाई झ्याउरे गीत भन्छन
डिस्को र पार्टी भन्दै ज्यानै पनि फाल्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *