Skip to content

कठैबरा सोझो यो, यामदासले भन्यो


जाऊँ आज भट्टीतिर, त्यो प्यासले भन्यो
“छु अर्कै स्वादमा” बोतलको, सुवासले भन्यो

भट्टीनीको ओठको मात, मसँग छैन
नसा चुपाँउदै गर्दा, गिलाँसले भन्यो

छ यहाँ एउटा अर्को, नसाको भट्टी
चोली तुना खुकुलाँउदै, आकासले भन्यो

आऊ डुलौँ एकैछिन्, यो अर्को सँसार
तिमी भित्रबाट चल्ने, बतासले भन्यो

छि: यसरी हुन्न है, सम्हालिनु पर्छ
कठैबरा सोझो यो, यामदासले भन्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *