Skip to content


मेरो गीत म उभेको धूलो ले सुनोस
मेरो गीत यहींको चूपचापले सुनोस
मेरो गीत कोहि सुन्दैन भने
आकाश वतासले सुनोस

मुटुका अनि रगतका गीत
सुस्केरा अनि पसिनाले सुनोस
भिज्दैन धरा पसिनाले भने
फाटेका पिडा धरतीले सुनोस

आँशुका ध्वनी कानले होइन
छातीका थुप्रै व्यथाले सुनोस
शहरमा गीत कहालिन्छ भने
डाँडा काँडा गोरेटो ले सुनोस

शब्द – नगेन्द्र थापा
स्वर – नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *