Skip to content

पाप गरेर पेट पाल्नु


पाप गरेर पेट पाल्नु बहादुरी हुँदैन
पाप रहित तर कुनै घरधुरी हुँदैन

थोरथोरैको महत्व सबैले कहाँ बुझ्छ
दानो दानो नगरी मानो मुरी हुँदैन

हुन्छ कतै भिडेको मानिस केही पाउन
क्यै नगरी कसैको चुरीफुरी हुँदैन

गरेकाछन् लिखित म जन्म लिंदा प्रत्येकले
बाँच्नै पर्ने कसैको मजबुरी हुँदैन

आत्मग्लानि, लोभ, दम्भ, व्यभिचार आदि बाहेक
अरु कुनै उडाई लाने हावाहुरी हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *