Skip to content

तीन मुक्तक (सस्तो मृत्यु, सर्म, शैली)


सस्तो मृत्यु

प्रण गरेपछि बाग्मतीमा अब नदी पसेको छ
होश खुलेपछि अब तन्त्रमा माया बसेको छ,
मृत्यु दस रुपैयाँ धानीभन्दा सस्तियो यहाँ
आफन्तीहरूको आँखाबाट पानीजस्तै आँसु खसेको छ ।

सर्म

आधुनिकताले मानिसको पर्म खोसी दियो,
मनमा पाप छिप्पिएपछि धर्म चोरी दियो,
भौतिक सुखका निम्ति महको माखो बनेपछि –
मानिसले सबैभन्दा पहिले सर्म छोडिदियो ।

शैली

चुनाव नजिकियो नेता अब गाउँ पसे
छलछाम गर्दै चुनाव जिती ती सहरमै बसे
अन्न, ओखती, कपडा बैरीझैँ भएपछि
भोकको मृत्युमा आँखाबाट तप्पतप्प आँसु खसे ।

महालक्ष्मी नगरपालिका —१०, ललितपुर
हाल- सहायक प्राचार्य, मन्थली उमावि, मन्थली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *