Skip to content

जिन्दगीलाई जुन दिनदेखि


जिन्दगीलाई जुन दिनदेखि बिक्रीमा राखियो
लाग्छ भएभरका खुसीहरू गोजीमा राखियो

ऊ ! काडा हो बिझाउँछ भन्ने थाहा हुदाहुदै
फूल सम्झेर सधैं दिलको परिधिमा राखियो

भवँराले खुलेआम राज गर्दैछ फूलमाथि
कस्तो स्वतन्त्रता यो माया पिरतीमा राखियो

कतिन्जेल टिक्ने हो खै तिमीले दिएको माया
राख्न त सजाएर आँखाको नानीमा राखियो

यसकारण पनि प्रेम आज स्वतन्त्र भएको छ
किनकि यसमा न मापदण्ड न सीमा राखियो

कपिल मणि
दाङ, बेलझुण्डी

Leave a Reply

Your email address will not be published. Required fields are marked *