Skip to content


तीन पाते डाँडा काटेर
कहाँ जान लाग्यौ सारंगी दाइ
पिरतीको भाखा बोकेर
उकालो ओरालो देउराली भिरालो
यो मायाले लौ न सतायो

डुब्ने घाम होइन हाम्रो यो हो चोखो माया
सजाइसकें मुटुभित्र तिम्रो शीतल छाया
छोडी जाने निष्ठुरीको डुबी जाने काम
बाचा थियो साथ दिने यो ओठमा नाम

जाने भए जाउ है मलाई छाडेर
छोडी जान्छु साथ तिम्रो संसार त्यागेर
अमृत जस्तै अजम्बरी तिम्रो साथ हो
साँचो प्रीति तिम्रो मेरो अमर कथा हो

शब्द – कमल थापा
स्वर – अनुराधा पडुवाल
संगीत – सम्भुजीत बासकोटा
चलचित्र – युगदेखि युगसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *