Skip to content

तीन मुक्तक (आवश्यकता, मृत्यु, हल्लाको पिरामिड)


१) आवश्यकता

चिठी लेखेपछि त्यसलाई टाँस्न गम चाहिन्छ,
हामी नेपाली भीरपाखा खोस्रर बाँच्छौं
कहाँ ट्याङ्क, गोला र बमको कुरा
गरिब हाँस्न त मिठो आलुदम चाहिन्छ ।

२) मृत्यु

भ्रष्टाचारको दलदलमा अनेकौं भासहरू छन्
नेतृत्वको वाणीमा गन्हाएका सासहरू छन्
देशै चिहान बनेपछि मृत्यु सस्तो हुँदो रै’छ
आज हिमाल, पहाड तराई जताततै लासहरू छन् ।

३) हल्लाको पिरामिड

एउटा भन्छ –‘देश विदेशीको अखडा बन्दै छ’
अर्को भन्छ –‘देश ट्रेन्च र एम्बुसको बङ्कर हुँदैछ’
हल्लैहल्लाको पिरामिडभित्र विना ग्यारेन्टीको
प्रजातन्त्र खासाको सामान बन्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *