Skip to content

तिम्रो मेरो भेटघाट अन्तिम हुन सक्छ


तिम्रो मेरो भेटघाट अन्तिम हुन सक्छ
सँगै यात्रा आजैबाट अन्तिम हुन सक्छ ।

दिएँ होला दु:ख पीडा तिमीलाई मैले
कस्सम यो मारकाट अन्तिम हुन सक्छ ।

शंकाको त्यो कालो छायाँ देखिंदैछ धेरै
विश्वासको साटासाट अन्तिम हुन सक्छ ।

खोज्नु कारण कुनै दिन अबुझ किन भएँ ?
भै गो मन फाटाफाट अन्तिम हुन सक्छ ।

‘घायल’ले यात्रा थाल्छ नफर्किने बाटो
एकै साथ एकै खाट अन्तिम हुन सक्छ ।

उमाकुण्ड गाउँ पालिका-६,रामेछाप
हाल: अलऐन,युएई

2 thoughts on “तिम्रो मेरो भेटघाट अन्तिम हुन सक्छ”

  1. गजल
    क्या स्वादिलो गजल | मक्ता,मतला हर मिसराको जवाफ छैन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *