Skip to content

सु:ख खोज्दै


सु:ख खोज्दै धेरै दुरी धाउनु पर्दो रैछ
त्यही खुशीमा थोरै पीडा पाउनु पर्दो रैछ

भित्र-भित्रै कुहिए नि भरोसाको छानो
नबिर्सिनु पहिले नै, छाउनु पर्दो रैछ

उजाड भूमि देखी उस्लाई दोस दिनुपूर्व
वृक्ष आफैं रोपी एउटा लाउनु पर्दो रैछ

लक्ष्य लिई गन्तव्यमा पुगिसके पनि
सोच्नु सधैं फर्किएर आउनु पर्दो रैछ

एचएल गौतम (अर्घाखाची )
खनदह-३
हाल- भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *