Skip to content

स्वच्छ पार्टीकाे सभा

यस पालिका चुनाबका स्वच्छ पार्टीकाे अहम प्रदर्शनका लागि पार्टीका अफिसमा मिटिङ्ग चलिरहेको थियो । याे चुनाबमा कसरी सबैको भन्दा राम्रो परिणाम पाउन सकिन्छ भन्नेमा सबैको धारणा आयो । साइकल मोटर साइकल र्याली गर्ने पनि सर्वसम्मत निर्णय भयो । सीमानाकाे ठाउँ परेकाले सीमानापारिका पनि सकेसम्म माेटर साइकल साइकल र मान्छेहरू पनि र्यालीमा मगाउने उपाय हुने भाे । सभा भव्य हुनु पर्ने सर्तमा कार्यकर्तालाइ खानपिउनमा लाग्ने सबै खर्चको र भन्डारकाे बन्दाेबस्त साम्सदज्यूले गर्नुहुने भो ।

निर्णय भए अनुसार केही दिनपछि वृहत् र्याली भयो शहरभरि । र्याली भव्य र देख्न लायक थियो । लाठी काेदालाे बन्चराे भालाहरु बाेकेकाहरु पनि मनग्गे थिए र्यालीमा । बिहानैदेखि यस काममा जुटेका कार्यकर्ताहरु भोकाइसकेका थिए सीमा पारिबाट अाउनेहरूलाइ ता देशकाे इज्जतकाे सवाल पनि थियाे यसैले तिनलाइ भाेकै राख्नु हुन्नथियाे । तैपनि सबै बडाे तन्मनयताका साथ सहभागी थिए । लामो र्यालीको गन्तव्य पनि निकै टाढा थियो । बिच बाटोमै केही उच्चपदका पदाधिकारीहरुलाइ भण्डाराको आयोजना भएकोले तिनीहरू नजानिदो गरी त्यता पसे । जुलुसमा नारा लागिरह्यो । अघि बढी रह्यो ।

धेरै माेटर साइकल चलाउनेहरूकाे थाप्लामा हेलमेट थिएन । एक बाइकमा चार जनासम्म चढेका थिए । पुलिस पनि साथमा थिए सुरक्षाका लागि । ट्राफिक प्रहरी मौन थिए । केही बेलिसक्नु थिएन । प्रतिरोध गरिहाले भने भेलि जागिरकाे सवाल थिये ।

केही पछि अयाेजनास्थलमा जुलुस पुग्याे ।

पार्टीका र र्यालीका संयाेजक मञ्चमा गएर माइकमा बाेल्न थाले- “हाम्राे स्वच्छ पार्टी देशका कानुन र आदर्शलाइ शिराेपर गर्छ । हामीहरू नियम क़ानून स्थापित गर्ने हाैं । हामी स्वच्छता चाहन्छाै् । गरीबी र भ्रष्टाचार यहाँबाट निर्मूल गर्नु हाम्राे पार्टीकाे अादर्श हाे । शहरमा स्वच्छता ल्याउनु छ । हजुरहरूले अफ्नाे अमूल्य मत दिएर पार्टीलाइ विजयी बनाउनु हुनेछ।”
उनले पालाे पुगाएपछि अरू अरूबाट पनि अाेजनदार भाषण भयाे । ताली पड्काउन कडाइका साथ बन्दाेबस्त भएकाेले तालीकाे गजगडाहट चारैतिर गुन्जायमान थियाे ।

अरू पनि बडे बडे नेताहरूले सभामा भाषण खन्याए । त्यसपछि कार्यकर्तालाइ भण्डाराकाे अायाेजना भयाे । अागन्तुक र पार्टी कार्यकर्ताहरूलाइ बडाे जाेसका साथ खानपिनकाे मेसाे मिलाइयाे। पार्टीकाे खुब प्रशंसा भयाे ।
अलिक साँझ हुन लागेपछि नेताहरू दारूदाेकानतिर लागे भने ल्याइएकाहरू ज्याला थापेर घर घरतिर लागे । आयोजन स्थल पनि बिहेमा जन्ती हिनेपछि बेहुलीकाे घर जस्ताे सुनसान थियाे। पार्टीका केही झन्डाहरू सभामा च्यातिएका थिए । सभाकाे मञ्चमा पाँच सात केटाकेटी बडाे तन्मयताले पानीका रित्ता फालिएका बाेतलहरू प्लास्टिकका गिलासहरू खाेजिरहेका थिए । अघिसम्म दर्शक खचाखच भएका सभास्थलमा भुसियाकुकुरहरू लडाइँ गरिरहेका थिए । मञ्चमा अझ पनि स्वच्छ पार्टी के ठुला अक्षरमा लेखिएकाे ब्यानर टलललल टल्किरहेकाे थियाे । ब्यानर तान्न केही केटाकेटी हसिन पसिन गरिरहेका थिए । सभास्थलमा भुसिया कुकुरहरू लडाइँ गरिहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *