Skip to content


जलिरहेछ दिल धुवाँ नदेखिँदै
दुखिरहेछ कतै घाउ नभेटिँदै
रगत बगे बरु चोट देखिँदो हो
आँसु खसी झन् यो के भयो ?

बिर्सिदिए पनि आफै हराएझैँ
सम्झिदिए पनि दिलै जलाएझैँ
न बाँच्न सकियो न मर्न पाइयो
नदेखिने चोट कति खाइयो ।

जलिरहेछ दृश्य आँखामा बिझ्दै
फुटिरहेछ मुटु धड्कनमा रुँदै
छाती फुटे बरु घाउ देखिँदो हो
नीलडाम परी जीवनै थलियो ।

खसिरहेछ आकास विश्वास टुक्रिँदै
डुबिरहेछ धर्ती इमान बेचिँदै
आँधी चले बरु तुवाँलो पन्छिदोँ हो
कुहिरो खसी झन् यो के भयो ?

प्रकाशित : बालुवाको मुठ्ठी, गीति कविता संग्रह, २०५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *