Skip to content

शुभकाना कुकुहरुलाई !!

अब आएको छ तिहार,
अस्तिसम्म दशैं पल्टिएको थियो
राम्रै खानपिनको राम्रो प्रबन्ध थियो
हड्डी मात्र हैन ह्याकुलाकै प्रबन्ध थियो


साँप्रो र ह्याकुलोसँगै सम्बन्ध थियो
अब केही समयलाई यो प्रबन्ध निख्रिए तापनि
तिहार आएको छ
शुभकामना छ भुस्याहाहरुहो
तिहारको शुभकामना छ ।

प्रतीक्षा गर एलसिसिएनहरु
गुन्टामाथि बस्नलाई प्रतीक्षा गर
आज माला लगाएर तिम्रो पूजाको तयारी हुँदैछ
जिउनारका लागि भुजा तयारी हुँदैछ
शुभकामना छ भोटे कुकुरहरुहो
तिहारको शुभकामना छ ।

तिमीमा लामो समयसम्म सुतेको
जोे मधुमाश थियो
त्यो अब जागेको छ
किनभने कात्तिक लागेको छ
अब मधुमाशको तयारी गर
गाडीमा चढेर सैर गर्ने खिचाहरुहो
शुभकामना छ
तिहारको शुभकामना छ ।

बेला यही हो तिमीहरुको
अहिले राइँदाइँ छ
तिम्रो खोजीमा गाउँ ठाउँम गाइँगुइँ छ
माला तयार छ
अविर तयार छ
जाऊ गाउँ गाउँमा जाऊ
अब त तिमीहरुकै दिन छ
रेबिजको उपहार बोकेका
भुस्याहाहरुहो शुभकाना छ
तिहारको शुभकाना छ ।

अट्टालिकामा मोजमस्ती गर्ने
उच्च तहका राजामहाराजाहरुहो
पग
बक्सर
सेफार्ड
डेन
टेरियर
ग्रे हाउण्ड जस्ता घरानियाहरुकाे
अनि एक पेट खान नपाउने
फुटपाथमा जीवन गुजारिरहेका भुस्याहाहरुहो
आज तिम्रै दिन हो
आज तिमीलाई फुक्का छ
जता खुट्टा उचाले पनि ढुुक्क छ
जहाँ मन लागे पनि हलुका भए हुन्छ
आज माला लगाएका छौ
मानौं आज तिमी मन्त्री भएका हौ
हड्डीमा ङारङुर गर्ने स्वभाव भएका
हे डाँगाहो, हे छाउरीहो
तिमीलाई शुभकाना छ
तिहारको शुभकामना छ ।
चाहे मन्दिरका भित्ताहरु हुन्
अथवा ठुलाठुला कित्ता हुन्
चाहे तिमीजस्ताले भरिएका हुन् चाहे रित्ता हुन्
आज तिम्रा एकलौटीका कित्ता हुन्
तिम्रो मालिकले छेउभित्तामा उभिदा हुने
तिमीले खुट्टा उचाल्नु किन नहुने ?
आज तिमीलाई कसले छुने ?
आज तिमी जहाँ मन लाग्छ
त्यहाँ खुट्टा उचाल
छेउ भित्ता जता मन लाग्छ त्यतै पखाल
आफ्नो खुट्टा दोब्र्याऊ
अथवा जता पायो उतै गोब्र्याऊ
शुभकाना छ जातजातका स्वानजातिहो
तिहारको शुभकाना छ ।

बाटाघाटाहरुको छेउमा
कुनै लाज सर्म नराखी
बानेश्वदेखि थानेश्वरसम्म
खुट्टो उचाल्ने र
खुट्टा नउचाल्नेलाईं समेत
शुभकामना छ रेविजहरुहो
तिहारको शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *