Skip to content

तस्वीर पठाउनु (गजल)

SamarpitPrakash


के छ र गुमाउनु, के छ र पाउनु
बिर्सेर सबथोक एकछिन रमाउनु

दुखभित्र पनि खुशीहरू खोज्नु छ
पीडाहरुमा तिमी उत्सव मनाउनु

बूढो हुनुभन्दा पहिले केही समय
सँगै बिताउँला जिन्दगीमा आउनु

म माया दिउँला कोसेली बनाई
तिमी उपहारमा तस्वीर पठाउनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *