Skip to content

अमेरिकामा मदनकृष्ण श्रेष्ठको “महको म” पुस्तक विमोचित

20171029_BijayThapa_News-01


विजय थापा,
अमेरिका

अमेरिकामा वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनी सम्बन्धी लेखिएको “महको म “पुस्तक विमोचित भएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उद्देश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा उक्त पुस्तक विमोचन गरियो ।

नेवा संस्कृतिको जगेर्ना गरौ भन्ने नारा बोकेको संस्थाले आफ्नो बार्षिक उत्सवमा प्रकाशित स्मारिका दबु पत्रिका को विमोचन गर्नुको साथै ‘महको म ‘ पुस्तकको पनि विमोचन गर्यो ।

अमेरिकामा रहेकी उनकी सुपुत्री सराना श्रेष्ठले बूवाको पुस्तक निकै चर्चा परिचर्चामा रहेको भन्दै अमेरिकामा पनि विमोचन हुन पाएकोमा हर्ष व्यक्त गरिन ।उनले एनपीपिएका अध्यक्ष सरोज प्रजापतिले मौका दिएकोमा धन्यवाद दिइन् ।

नेपालबाट कलाकार मदनकृष्ण श्रेष्ठ श्रब्य दृश्य (भिडियो)बाट नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवको शुभकामना संदेश दिएका थिए । आफ्नो पुस्तक आफूले भोगेका, जीवनका उतार चढाव, बाल्यकालका कूराहरू, राम्रा क़ुरा र नराम्रा कुराहरू, सफलता असफलता आदिले समेटिएको छ भन्दै राखेको भिडियो मार्फ़त बोलेका थिए । उनले नेपालमा पनि निकै राम्रो बिक्रि भै रहेको जनाएका थिए । प्रत्येक्ष प्रसारण मार्फत बोल्न प्रयास गरिएता पनि अमेरिका र नेपालको समय फरक को कारण भिडियो देखाइएको थियो ।

नेपाल सम्बत् ११३८ तथा २६ औ बार्षिकोत्सव नेवा: प्रसिद्ध खाजा समय बजी खुवाइए पछि औपचारिक कार्यक्रम सूरू भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुताबासका आर्थिक सल्लाहकार कैलाश पोख्रेलले महिला अध्यक्ष सरोज प्रजापति को कामको प्रसंसा गर्दै एनपिपिएमा महिलाहरू निकै क्रियाशील रहेको बताए । पोख्रेलले संस्थाले प्रगति गरोस भन्ने शुभकामना दिएका थिए ।

यसै गरी नेवा समुदायका पुरोहित तथा नेवा समुदायका सांस्कृतिक दुत बासव राजोपाध्यायले तन्त्र महिला प्रधान हुन्छ भने वेद पुरुष प्रधान हुन्छ भने । उनले तन्त्र को बारेमा रोचक संक्षिप्त प्रसंग सुनाएका थिए । उनले तन्त्रकै प्रसंगमा कुचो सूचक, उपचार, देवतालाई स्वागत, सुरक्षा, पितृ पूजा आदि इत्यादिको रुपमा प्रयोग गरिने बारेमा बताए । उनले नेपा: पासा पुचः अमेरiकायका संस्थापक राम मालाकार बिदेशमा नेवा: संस्कृतिका पिता हुन् भनी मुक्त कण्ठले प्रसंसा गरेका थिए ।

संस्थाकि अध्यक्ष सरोज प्रजापतिले स्वागत गर्दै आफूले ४ वर्षसम्म संस्थामा काम गरेको अनुभवको बारेमा बोलेकी थिइन् । र गत वर्ष २५ सौ बार्षिक उत्सव ऐतिहासिक रहन पुगेको चर्चा गर्दै आफ्नो नेतृत्व कालमा सबैको विशेष सहयोग रहेको बताइन् ।

२६ औ बार्षिक उत्सव देखि आफ्नो कार्यक्रम समाप्त भएता पनि पद मात्र सकिएको भन्दै आफू सदैव एनपीपिएसँग आबद्ध रहने बताइन । आगामी २०१७ -२०१९सम्म को लागि राजु जोशी अध्यक्ष तथा अन्य पदाधिकारीहरू अन्य पदमा सर्वसम्मतीबाट निर्वाचित भएका छन् ।

पहिलो चरणमा औपचारिक कार्यक्रम रहेको थियो । दोश्रो चरणमा साँस्कृतिक साँझ कार्यक्रम अन्तर्गत नेपालका प्रख्यात गायक शिव परियारको विशेष प्रस्तुतिको साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुति गरेका थिए ।

तस्बिर: विक्रान्त मान श्रेष्ठ, बाल्टिमोर

1 thought on “अमेरिकामा मदनकृष्ण श्रेष्ठको “महको म” पुस्तक विमोचित”

Leave a Reply

Your email address will not be published. Required fields are marked *