Skip to content

शिखा मैनबत्तीकाे

भूपि सेरचनको कविता
मैनवत्तीको शिखा
यौटा मोम बलिरहेछ अहिले हेरीरहेको छु म
आई झ्याप्प निभाउने पवनको सम्भावना देख्तिनँ
कालो खान्छ प्रकाश छर्छ यसले कालै धुवाँ फाल्दछ
टाढा भाग्दछ अन्धकार जब यो बत्ती कतै बल्दछ ।

एकातर्फ प्रकाश छर्छ यसले आफैं जली रुन्छ कि ?
अर्कातर्फ सुशान्त श्निग्ध छ शिखा मानौ दुःखी पो छ कि
यौटी भर्खरकी कुनै युवती झैं सर्माउँदै पो छ कि ?
मानौ भर्खर भर्खरै पर सरी कौमार्य छर्दैछ कि ?

पैलो पल्ट रजश्वला भई कुुनै बाला नुहाइकन
आफैं भित्र भएछ सर्म कि बरा मुन्टो लुकाइकन
नौलो ज्ञान हुँदा बडो चकित झैं मुस्कान छाडिन् कि क्या ?
सेकौं ढाड भनी शरीर तिनले केही झुकाइन् कि क्या ?

त्यो नौलो अनुभूतिले चकित झैं लाग्ने कुनै नारी हुन्
आफैं भित्र हराउने थकित भै लाग्ने कुनै प्यारी हुन्
मानौ यो अनुहार हो युवतिको मुस्कान छर्दैैछ कि ?
यौटी सुन्दरीको मुहार सरीको यो मोम बल्दैछ कि ??

आँखाका भरि वेदना छ अहिले छल्कन्छ आँसु पनि
आँखैको पुलती उमङ्गित हुँदै झल्कन्छ हाँसो पनि
मानौ शल्य क्रिया गरे पछि कुनै आमा फिरिन् होसमा
सारै कष्ट सहेर भर्खर थिइन् सन्त्रास सन्त्रासमा ।

हेर्दैैछिन् नवजात पुत्र अघिको बिर्सेर सारा पिर
लामो घोर पीडा सहेर अहिले ठाडो लगाई शिर
बल्दो दीपशिखा तिनै जननीको सन्तुष्ट त्यो नेत्र हो
शुभ्रः शान्त र श्निग्ध लाग्दछ यहाँ शिखा मइनबत्तीको ।

चम्किए सरी धप्प धप्प गरी यो बल्दैछ एकातिर
आँसु झार्दछ तप्प तप्प चुहिँदै लाग्दैछ अर्कातिर
आयोे कि विधवा कुनै युवतिमा त्यो यामको कल्पना
एकैसाथ सुहार रात पति जो स्वर्गीयको सम्झना ।

पग्ली तप्तप मोम झर्दछ यहाँ यस्कै अगाडि छु म
हेरिबस्छु शिखा छ श्निग्ध अहिले निस्तब्धतामा छु म
यस्को दृश्य मलाई आज किन हो लाग्यो बडो मार्मिक
पा¥यो छाप मलाई नारीहरुका बेग्लै अवस्थासँग ।

।। समाप्त ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *