Skip to content


जवानीको फूलबारीमा फूल टिप्न आइनौ सानी
आज ठेक्का उसलाई पर्यो फल टिप्न पाइनौ सानी

मनको चाह लुकाइलुकाइ आफूलाई नै ढाटिरह्यौ
लुकामारी चलिरह्यो प्रेम चुम्वन खाइनौ सानी

एकान्तको चौतारीमा कति कुरा साट्थ्यौँ होइन
मुटु छुने भाव रै’छ प्रेम गीत किन गाइनौ सानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *