Skip to content

बसिबियाँलाे

गजल
यहाँ जातिका जातका गान हुन्छन्
अझै देशकै घातका गान हुन्छन् ।।

प्रजातन्त्र भन्दै कुनै पेट भर्ने
कुनै चाहिं सोझा दिलोज्यान दिन्छन् ।।

जजस्ले मिली देशको घात गर्लान्
उनैका यहाँ मान सम्मान हुन्छन् ।।

सधैं देश जस्ले बिरामी बनाए
तिनैका व्यथा झन् समाधान हुन्छन् ।।

दबाई नपाई यहाँ मर्छ कोही
कुनैका भने मन्द मुस्कान हुन्छन् ।।

कति मर्दछन् शीतको मार झेल्दै
तिनै माथि झन् धेर पेलान हुन्छन् ।

श्रमैमा डुबाए कसैले जवानी
तिनैका भने जीर्ण सन्तान हुन्छन् ।।

सबै ठालु बन्छन् सताएर आमा
तिनै ठालु पोस्ने प्रतिष्ठान हुन्छन् ।।

दुराचारको भो कुरा के गरुँ म
दुराचारीकै देशमा ध्यान हुन्छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *