Skip to content

प्यारका कुरा


हात सुस्तरी धरेपछि हराएछु
प्यारका कुरा गरेपछि हराएछु

त्यसै कहाँ चुमिन्छ ती ओठ
सुस्त पाऊ झरेपछि हराएछु

लजाएर अलि परसर्दा भेटमा
नजिक अँझै सरेपछि हराएछु

तिर्खा थियो पानी खोजी हुदा
भेटिएर नदी तरेपछि हराएछु

समर मैछ माया क्यानभास
चित्रमा रङ्ग भरेपछि हराएछु

लाक्पा शेर्पा समर्पित, ताप्लेजुङ
हाल धनगडी कैलाली नेपाल
नेपाल शेर्पा साहित्य प्रतिष्ठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *