Skip to content

तीन दिने लोककला प्रशिक्षण कार्यशाला तथा गोष्ठी सम्पन्न

कोहलपुर, लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीनदिने लोक कला प्रशिक्षण, कार्यशाला तथा गोष्ठी विहिबार उत्साहजनक रुपमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा भएको हो ।

११ माघ, २०७४
कोहलपुर, लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीनदिने लोक कला प्रशिक्षण, कार्यशाला तथा गोष्ठी विहिबार उत्साहजनक रुपमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा भएको हो ।

३ दिने कार्यशाला तथा गोष्ठीको समापन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले लोक कला र साहित्यको विकासमा लागि आफू तयार रहेको बताए । संविधानमा पनि लोक कला तथा संस्कृतिको संरक्षण गर्ने बुँदा सुनिश्चित भएकाले कोहलपुर नगरपालिका सदैव लागि पर्ने पनि बताए ।

कार्यक्रममा प्रतिष्ठानका लोककला विभागका प्रमुख प्राज्ञ परिषद् सदस्य एससी सुमनले ३ दिनसम्मको प्रशिक्षणमा धेरैले उत्कृष्ट मौलिक कलालाई स्थान दिनु नै कार्यक्रम सफल भएको बताएका छन् । उनले भने, आफूहरुले सोचेकोभन्दा पनि राम्रो सहभागीता र राम्रा चित्रहरू बनेको बताए । साथै स्थानीय लोककलाको विकासका लागि प्रतिष्ठानले देशैभर काम गरिरहेको र यसपटकको कार्यक्रमले कोहलपुरलाई चिनाउन सहयोग गर्ने पनि बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाही, कलाकार तथा कला लेखक देवेन्द्र थुम्केली, कलाकार तथा कवि विक्रम शिशिरले मन्तव्य राखेका थिए । कार्यक्रममा ललितकला पत्रकार समाजका कार्यसमिति सदस्य विनिता मरहट्टा, नेपाल टेलिभिजनका कोहलपुरका गंगाराम खतिवडा लगायतको उपस्थितिरहेको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा भएको प्रशिक्षणमा बाँके, बर्दिया, दाङ, कैलाली, कपिलवस्तु लगायतका जिल्लाहरुका दुई दर्जन बढी सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा कवि गजलकार देवकी निरौला, पुष्कर रिजाल, कपिल अन्जान, देवेन्द्र आचार्य, रसिक राज लगायतले आफ्ना कविताहरू वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *