नजानी नजानी भयो भूल आज
त्यसैको दुलामा छिरेको छु आज ।।
म आफू भने लौ बडो ढुक्कमा छु
तिमीलाई ज्यादै पिरेको छु आज ।।
नखाई नखाई छु दाब्री परेको
नखाएको यो रिन तिरेको छु आज ।।
भयो भूल यौटा बिझेको छ यस्तो
मुटूलाई आफ्नै चिरेको छु आज ।।
कसैको नजरमा गिरेको छु आज
नपाएर टुङ्गो फिरेको छु आज ।।