Skip to content

शिव-शक्ति निवास : दामोदर कुण्ड

दामोदर कुण्ड

हिमालमाथि आकाश, ठूलो निर्मल कुण्डमा ।
मीटर पाँच हज्जार, आठसय उँचाइमा ।
शिव रक्षित नेपाल, शीतल जल सिन्चित ।
स्वर्ग सोपान अग्लोमा, हिमचुली छ छादित।

दामोदर्कुण्ड बीचैमा,जहाँ शिव निवास छ।
किल्ला उत्तर नेपाल, मुस्ताड भनिने ज छ ।
त्यही नेपालको जिल्ला, हिमालपारि एक छ।
यही हो बलियो दुर्ग, प्रकृति शिर ताज छ ।

उच्च हिमाल टुप्पैमा, मनमोहक ताल छ ,
गणेश सहितै आद्या, शिवा-शिव निवास छ।
सरोवर छ नीलो नै, दामोदर्कुण्ड सुन्दर ।
शिव-शक्ति निवासैमा,,गणे़श शिव सुन्दर।

विश्व माता पिता हाम्रा, पुष्पान्जलि सदैभरी,
धूपदीप छ नैवेद्य , शुद्धजल घडाभरी।
सम्युक्त कर बाटै नै, वन्दना शिव पार्वती ।
श्रीगणपति नै हाम्रा, हे वन्दनीय भूपति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *